भाटभटेनीमा फेरि भेटियो एकजनाको शव, जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुग्यो

भैरहवा– जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । बुधबार काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव भेटिएको छ । उक्त शव जेन्जी प्रदर्शनकै क्रममा मृत्यु भएकाको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको जानकारी दिए । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।
यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।
प्रतिकृया दिनुहोस्