नगरपालिका जोगाएकोमा नगर प्रहरी र कर्मचारीलाई सीडीओको धन्यवाद

भैरहवा– गत भदौं २४ गते साँझ भैरहवामा एक्कासी प्रकट भएका प्रदर्शनकारीले सरकारी र निजी सम्पत्तिमा क्षति पुर्याए । आन्दोलनको नारा र मर्मभन्दा विपरित व्यक्ति र सरकारी सम्पत्ति लक्षित गरेर तोडफोड र आगजनीमा उत्रिएको समूलहले अगाडि जुन कार्यालय देख्यो त्यसमै आक्रमण गरेको देखिन्छ । प्रदर्शनमा उत्रिएको समूहलाई कुन कार्यालय कहाँ रहेको छ भन्ने समेत ज्ञान थिएन । उनीहरु भैरहवाको बुद्धचोकमा भेला भएर तितरवितर हुँदैं आक्रमण गरिरहेका थिए ।
यसैक्रममा सिद्धार्थनगर नगरपालिका तोडफोड र आगजनीमा पुग्यो । तर, उक्त समूह जलाउन विफल बन्यो । कर्मचारीले पहिल्यैं नगरपालिकामा सवारीका साधन अन्तै लुकाइसकेका कारण जोगिए । समूहले नगरपालिको डिजिटल बोर्ड र दमकलको शिसा फुटाए । कार्यालय भित्र पस्न लाग्दा च्यानल गेट बाधक बन्यो ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनक थापाले प्रदर्शनकारी समूहले गेट फुटाउन कोशिस गरे पनि नसकेको जनाए । ‘च्यानल गेट बांगिएर भित्रसम्म यु–आकार बन्यो, तर फुटेन,’ उनले भने, ‘यही गेटले नगरपालिका जल्नबाट जोगियो ।’
सिद्धार्थ नगरपालिका जोगाउन नगर प्रहरीले खेलेको भूमिकालाई लिएर पनि प्रशंसा भइरहेको छ । कार्यालय निरीक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले अरु बेला काम छैन भनेर आलोचना गरिने नगर प्रहरीले कठिन परिस्थितिमा खेलेको उल्लेखनीय भूमिकाले पालिका भवन र सम्पत्ति जोगिएको बताए । प्रहरीको भूमिकाको प्रंशासा गर्दै पाण्डेले नगर दिवस पारेर पुरस्कृत गर्ने आश्वासन लिए । आफ्नो कार्यालय जोगाउन भूमिका खेल्ने कर्मचारीको पनि उनले प्रशंसा गरे ।
प्रतिकृया दिनुहोस्