June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

जेनजी आन्दोलनः ओमसतिया गाउँपालिकाद्वारा शोकमा कामकाज ठप्प

Advertisement

भैरहवा– संघीय राजधानी लगायतका मुलुकका विभिन्न सहरमा जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा युवाहरुले ज्यान गुमाएको घटनाप्रति शोक व्यक्त गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिकाले मंगलबार एकदिन आकस्मिकबाहेक सबै कामकाज स्थगन गरेको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष मन्जितकुमार यादवले मंगलबार सूचना जारी गरेर पालिकाका वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेका कामकारबाही स्थगित गरिएको जानकारी गराएका छन् । अधिकार माग गर्दै युवा पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति पालिकाले दुःख व्यक्त गरेको छ ।

जेनजी आन्दोलनः भैरहवाको कृषि क्याम्पसका सबै विद्यार्थीद्वारा पार्टीसम्बद्ध संगठन परित्याग, साइनबोर्ड जलाइयो

सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान

रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी