May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

आर्थिक अभाव भएपछि आईसीयु सेवा अलपत्र

Advertisement

परासी– आर्थिक अभाव भएपछि पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालमा इन्टेन्सिभ केयर युनिट (आईसीयू) सञ्चालनमा कठिनाई भएको छ । स्थानीयले छिटो सञ्चालनका लागि माग गरे पनि अस्पताल प्रशसानले चासो देखाएको छैन् । सेवा सञ्चालन नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नु परेको छ ।

Advertisement

मुलुकमा कोरोना महामारीका बेला विभिन्न संघसस्थाले आईसीयू सञ्चालनका लागि उपकरण उपलब्ध गराएका थिए । त्यसबेला भवन अभाव देखाउँदै अस्पतालले सेवा सञ्चालनप्रति वेवास्ता गरेको थियो । अहिले नयाँ भवन निर्माण भएपछि पुनः आईसीयु चलाउन स्थानीयले माग गरिरहेका छन् । सबै सुविधा उपलब्ध भइसकाले अस्पतालले सेवा सुरु गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले बताए । अहिले अस्पतालले आर्थिक समस्या देखाएर बेवास्ता गरेको उनको भनाई छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष जगदीश चौधरीले सेवा सुरु गर्न आफूले बैठकमा कुरा उठाएको जनाए । मेडिकल सुपरिटेन्डेन्ट नुरुल होदाले सञ्चालनमा चुनौती रहेको जनाएर पन्छिएको अध्यक्ष चौधरीको भनाई छ । आईसीयु सेवा सञ्चालनका लागि सरकारले बजेट सुनिश्तिता गरेपछि मात्र दिर्घकालीन आईसीयु चलाउन सकिने मेसु होदाले बताए । वर्षभरि कम्तिमा डेढ करोडसम्म खर्च आउन सक्ने भएकाले स्रोत ब्यवस्थापन गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।