May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

सकियो दानापुरमा चित्रकला कार्यशाला, पर्यटन प्रवर्द्धननमा सहयोग पुग्ने अपेक्षा

Advertisement

लुम्बिनी– रुपन्देहीको कंचन गाउँपालिकाको आयोजनामा वडा नम्बर–१, दानापुरमा रहेको गजेडीतालमा दुई दिवसीय चित्रकला कार्यशाला सम्पन्न भएको छ । रुपन्देही आसपास र काठमाडौंबाट आएका २० जना कलाकारहरुले गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र सांस्कृतिक एबम् प्राकृतिक सम्पदाको चित्र बनाएका हुन् ।

Advertisement

चित्रकला कार्यशाला समापनमा गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कला वर्तमान समयको जीवन्त प्रतिविम्व भएको बताए । उनले कलाले चित्रकला प्रदर्शनीले यहाँका सबैजसो क्षेत्रका ओअहिचान दिलाउन सहयोग पुगेको र हरेक चित्रले बास्तबिक कंचनको आवाज बोलेको बताए । वर्तमानलाई भविष्यसँग जोड्न सक्ने कलाकार र कलामा राज्यको नजर पुग्न नसकेको बताउँदै अध्यक्ष ढकालले कला र संस्कृतिमा राज्यको नजर पुग्नुपर्ने बताए । उनले कंचनको समग्र रितिरिवाज र चित्रकलाले देखाउन नसकेका कैयौं कुराहरुलाई यस क्षेत्रको कला घरको रुपमा बिकास गर्नुपर्ने बताए ।

पालिका उपाध्यक्ष मौसमी थापा मगरले चित्रकला मार्फत् कंचनको पहिचान र यस क्षेत्रको प्रबद्र्धनका लागि ठुलो योगदान पुगेकाले आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लैजाने बताइन् । कंचनको प्राकृतिक क्षेत्रलाइृ विश्वसामु पुर्याउने उद्देश्यले गरिएको चित्रकला कार्यशालामा आएका कलाकारहरुलाई धन्यबाद दिँदै उनले अझ ठुलो रुपमा कंचनको पहिचान हुने गरि कार्यक्रम अगाडि बढाइने जनाइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद पोख्रेलले नेपालको हरेक पालिकाहरुमा आआफ्नै पहिचान भएकाले कंचनमा पनि पर्यटक भित्र्याउने विभिन्न क्षेत्र रहेकोले यसको प्रबद्र्धनमा सबैको सहयोग हुनुपर्ने र गाउँपालिकाले समेत प्रबद्र्धनका लागि कार्यशाला गरेको जनाए । कार्यशालाले समग्र कंचनको पहिचान, यहाँको पर्यटकीय क्षेत्रको उजागर गर्दै आयआर्जनसँग यस क्षेत्रका गाउँबासीहरुमा समेत सहकार्य गर्ने बताए ।

कार्यशालाको लागि प्राबिधिक सहयोग नेपाल व्यवसायिक कलाकार संघ र नेपाल ललितकला प्रतिष्ठानले गरेको थियो । नेपाल व्यवसायिक कलाकार संघका प्राज्ञ एचबी रम्तेलले पर्यटकीय क्षेत्रलाई कलाको माध्यमबाट देशबिदेशमा चिनाउन यस्ता कार्यक्रमले कला ग्यालरीको रुपमा बिस्तार गर्दै लैजाने बताए । ‘कला मृत्युपछिको जीवन हो’ भन्दै थापाले पुराना कलाले हाम्रा पुस्ताको वर्तमान, आज बुझ्ने अवसर मिलेको प्राज्ञ रम्तेलले बताए । रम्तेलले कंचनमा उल्लेख्य कार्यक्रम भएको बताउँदै आयोजकप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रमको समापन समारोहमा कलाकारहरुले बनाएका चित्रकला क्यानभासलाई गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई हस्तान्तरण गरिएको थियो भने कलाकारहरुलाई समेत गाउँपालिकाले सम्मान पत्रसहित सम्मान गरेको थियो ।

रुपन्देहीको बुटवल देखि करिव १७ किलोमिटर पश्चिम र त्यसपछि साढे ६ किलोमिटर दक्षिणमा रहेको कंचन गाउँपालिका वडा नम्बर १ मा रहेको दानापुर ताल अहिले ढकमक्क कमलको फूलले ढाकिएको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु दैनिक हजारौं अबलोकन गर्न आउने दानापुर सामुदायिक वनका प्रेमबहादुर थापाले बताए । १९ हेक्टरमा ताल र जम्मा ९२ हेक्टर क्षेत्रपÞmलमा फैलिएको जंगल भित्र रहेको तालमा गर्मी छल्नका लागि टाढाटाढाबाट पर्यटक आउने स्थानीय बताउँछन् ।