गौमुखी गाउँपालिका ‘जिरो होम डेलिभरी’ पालिका


प्युठान– सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनथालेपछि जिल्लास्थित गौमुखी गाउँपलिकालाई ‘जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । जिल्ला यस्तो घोषणा हुने गौमुखी पहिलो पालिका बनेको छ ।
पछिल्ला तीन आर्थिक वर्षभित्र गाउँपालिकाभित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएका हुन् । आर्थिक वर्ष २०७९–०८० मा ३ सय ३४ जना महिला गर्भवती रहेको गौमुखीमा सबैले स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिएका थिए । २०८०–०८१ मा २८२ र ०८१–०८२ मा २९५ जना गर्भवतीले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैशीले जानकारी दिए ।
०८१–०८२ मा भने ६८ जनाले स्थानीय स्वास्थ्य संस्थाभन्दा बाहिर प्रसूति सेवा लिएको प्रमुख जैसीले बताए । २०७९–०८० मा १० र २०८०–०८१ मा ३ जना गर्भवती घरमा सुत्केरी भएका थिए । गाउँपालिकामा ४ पटक गर्भजाँच, तीनपटक सुत्केरी जाँच लगायत मापदण्ड पूरा गर्नेको संख्या ९५ प्रतिशतभन्दा माथि पुगेसँगै गाउँपालिकालाइ पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो । शनिबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जीसी लगायत सहभागी थिए ।








प्रतिकृया दिनुहोस्