के हो डेन्टल इम्प्लान्ट भनेको, किन गरिन्छ ?


इम्प्लान्ट भनेको के हो ?
इम्प्लान्ट भनेको एक किसिमको कृक्रिम पदार्थ हो जुन हड्डी मा ड्रिल गरेर राखिन्छ र त्यसको माथि खोल लगाइन्छ।
दाँत झरिसकेपछि भएको खाली ठाउँको हड्डी खिइँदै जान्छ। हड्डी खिइन नदिनका लागि दाँत झर्नेबित्तिकै नक्कली दाँत राख्नुपर्छ, नक्कली दाँत तीन किसिमका हुन्छन्, एउटा आफैंले झिक्न(लगाउन मिल्छ, जसलाई आरपीडी भनिन्छ, अरु दुईटा स्थायी हुन्छन्। जसलाई आफैंले झिक्न मिल्दैन।
एउटालाई ब्रिज (एफपीडी) भनिन्छ, जुनमा छेउको दाँतको सहयोग चाहिन्छ । अर्को चाहिँ इम्प्लान्ट हो। यसमध्य सबैभन्दा राम्रो इम्प्लान्ट हो, जसले लगभग सक्कली दाँत जस्तै काम गर्छ।
छिटो भन्दा छिटो इम्प्लान्ट किन हाल्नुपर्छ ?
इम्प्लान्ट हाल्नको लागि हड्डी कति बाँकि छ भन्ने कुरा हेर्न अतिआवश्यक हुन्छ। यदि हड्डी धेरै खिइएर इम्प्लान्टलाई चाहिने जति पर्याप्त हड्डी बाँकी छैन भने इम्प्लान्ट राख्न मिल्दैन।
लामो समय दाँत नहाल्नाले त्यो खाली ठाउँ ठाउँतिर नजिकका दाँतहरु ढल्किन्छन्। त्यस्तो भएमा नजिकको दाँतलाई पनि सिधा पार्ने उपचार गर्नुपर्ने हुन्छ।
नजिकका मात्र दाँत नभएर त्यसको बिपरित दाँत पनि दाँत नभएको ठाउँतिर झर्दै जान्छ, जसले गर्दा त्यसको पनि उपचार गर्नुपर्ने हुन्छ।
इम्प्लान्ट कति किसिमका हुन्छन् ?
इम्प्लान्ट तीन किसिमका हुन्छन्। ती हुन्ः
– हड्डी माथि राख्ने
– हड्डीमा गाढेर राख्ने, जुन चाहिँ हड्डीको तल्लोभाग भन्दा थोरै माथि हुन्छ।
– हड्डीको माथिल्लो भागबाट छेडेर हड्डीको तल्लो भाग बाट निस्केको हुन्छ ्र
इम्प्लान्ट के को लागि प्रयोग गर्ने ?
– दाँत नभएको ठाउँमा दाँत हाल्न।
– यदि मुखमा पूरै दाँत छैन भने कुनै–कुनै ठाउँमा इम्प्लान्ट राखेर यसको सहयोगमा पूरै दाँत हाल्न मिल्छ।
इम्प्लान्ट लाउन अघि ध्यान दिनुपर्ने कुराहरु
– धुम्रपान गर्ने बानि छ भने बानि छुटाउन पर्छ।
– कन्ट्रोल नभएको सुगर छ, इस्टेरोइड खाइरहनु भएको छ, क्यान्सर भएर किमोथेरापी र रेडीयोथेरापि लिइरहनु भएको छ भने इम्प्लान्टको अपेक्षित नतिजा आउँदैन। त्यसैले डाक्टरले हिस्ट्री लिँदा सोधिएका हरेक कुराको सही जानकारी दिनुपर्छ। उत्तर दिन पर्छ्र
इम्प्लान्ट केबाट बनेको हुन्छ ?
धेरै मान्छेमा इम्प्लान्ट लगाउँदा बाहिरि कुरा मुखमा हालेपछि नराम्रो असर गर्छ कि भन्ने डर हुन्छ। इम्प्लान्ट टाइट्यानियम, स्टील, सेरामिक, कार्बोन कम्पाउण्ड जस्ता धातुहरुबाट बनेको हुन्। जुन जिब्संयोज्य धातुहरु हुन् ्र त्यसैले बाहिरी कुरा भए तापनि स्वास्थ्यमा नकारात्मक असर हुँदैन। यसमा पनि सबैभन्दा धेरै प्रयोग टाइट्यानियम हुन्छ।
इम्प्लान्टबाट हुने फाइदाहरु के–के हुन्?
– सक्कली दाँत जस्तै यो पनि हड्डीमा गडेको हुनाले हड्डी खिइने समस्या हुँदैन (जुन अरु नक्कली दाँत राख्दा हुन सक्छ)
– हालेको दाँत निस्किने सम्भावना कम हुन्छ (लामो समयसम्म टिक्छ) र बलियो पनि हुन्छ
– हड्डीमा गडेको हुनाले हेर्दा पनि सक्कली दाँत जस्तै देखिन्छ
– साइडको दाँतको सप्पोर्ट नचाहिने हुनाले त्यसलाई काट्नु पर्दैन
इम्प्लान्ट लगाउँदा ध्यान दिनुपर्ने कुराहरु
इम्प्लान्ट लगाएपछिको केही समय इम्प्लान्ट हड्डीमा जम्ने समय हो। यो समयमा हामी सतर्क हुनुपर्छ, किनभने केही कारणले गर्दा हड्डीमा इम्प्लान्ट जम्न पाएन भने पछि इम्प्लान्ट लुज हुने, झर्ने जस्ता समस्याहरु आउन सक्छ। त्यसैले केही ध्यान दिनुपर्ने कुराहरु यसप्रकार छन्ः
– साह्रो कुराहरु त्यताबाट चपाउन हुँदैन ।
– धुम्रपान गर्नु हुँदैन (इम्प्लान्ट फेल हुने मुख्य कारण)
– सुगर भएको मान्छे हुनुन्छ भने नियमित रुपमा औषधी खाएर सुगर नियन्त्रणमा राख्नुपर्छ
– नियमित रुपमा दाँत माझ्ने, केही खाएपछि मुख कुल्ला गर्ने गरेर आफ्नो मुखलाई सफा राख्नु पर्छ
-swasthayakhabar








प्रतिकृया दिनुहोस्