भैरहवामा सुरु भयो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता (फोटो फिचर)


भैरहवा– विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिवारदेखि सुरु प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति, रुपन्देहीका सभापति उमाकान्त चपाईंले मुलुकलाई चिनाउने पहिलो माध्यम अहिले खेलकुुद बनेको उल्लेख गरे ।
उनले खेल क्षेत्रको बिकासका लागि सबै पालिकाहरुले लगानी बृद्धी गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय पालिकाहरुले खेल क्षेत्रलाई पनि प्राथमिकतामा राख्न थालेको उल्लेख गर्दै उनले यो सकारात्मक भएको बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले स्वस्थ शरिरवाट मात्रै स्वस्थ मतिष्कको बिकास हुने हुँदा बिद्यार्थीको सर्वाङ्गिण बिकास गर्न प्रतियोगिता आयोजना रिएको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनोट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने प्रतियोगिताको उद्देश्य रहेको उनले जानकारी दिए ।
उपप्रमुख उमा अधिकारीले खेलले विद्यार्थीलाई लगनशिल र अनुुशासित बनाउने चर्चा गर्दै अनुुशासनले नै मानिसलाई सफल बनाउने बताइन् । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभािता छ ।
खेल उद्घाटन पूर्व विद्यार्थीहरुले पक्लिहवा माध्यमिक बिद्यालयको खेल मैदानमा झाँकीसहितको मार्चपास गरेका थिए । मार्चपासमा अमरज्योति माध्यमिक विद्यलय प्रथम, मुनलाइट मावि द्वितीय र सु–संस्कृत मावि तृतिय थयो । उनीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता सिद्धार्थनगर वडा नम्बर १ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषि क्याम्पस र वडा नम्बर ५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयको खेलमैदानमा भैरहेका छन् । प्रतियोगिता अन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल हुनेछन् । भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टीमको सहभागिता रहेको युवा, शिक्षा तथा खेलकुुदा शाखाका प्रमुख चेतनशिल लम्सालले जानकारी दिए ।
त्यस्तै, कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागिता रहेको छ । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागिता छ । एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागिता रहेको छ । प्रतियोगिता अवधिभर ४२ वटा इभेन्टमा खेल हुनेछन् । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागिता छ ।
सबै इभेन्टतर्फ प्रथम, द्वितिय र तृतियलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा अधिकृत जानवी पाण्डेले बताइन् । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, शिक्षा समिति सदस्य मोतिलाल सुवेदी, गोकुुल पोखरेल, वेलहिया माध्यमिक विद्यालयका प्रधानाध्यापक विना भण्डारी लगायतले बोलेका थिए । प्रतियोगिता सञ्चालनका लागि तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथी, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्रबहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।












प्रतिकृया दिनुहोस्