May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

प्रधानमन्त्री ओलीद्वारा फिल्मका ‘डायलग’ रेकर्ड

Advertisement

भैरहवा— प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रका लागि संवाद रेकर्ड गराएका छन् । चलचित्र ‘नमेटिने घाउ’का लागि उनले संवाद रेकर्ड गराएका हुन् । शनिवार काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा उनले आफ्नो दृश्यका लागि स्वराङ्कन गराएका हुन् ।

Advertisement

उनले केही समय अगाडि एसिड आक्रमणमा परेकी ३३ किशोरीको कथामा तयार गरिएको चलचित्रमा अभिनय गरेका थिए । ‘एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरूको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरुले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्’ यस्तै संवादमा स्वराङ्कन गरिएको चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुङ्गानाले जानकारी दिए

‘प्रधानमन्त्रीज्यूले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । व्यस्त तालिकाबाट चलचित्रमा स्वराङ्कन गर्नुभयो । यस चलचित्रले एसिड आक्रमणमा पर्नुभएकी किशोरीहरूलाई आत्मबल प्रदान गर्नुका साथै यो यस्ता अपराध नगर्न सचेतना बढाउँछ,’ निर्देशक ढुङ्गानाले भने । चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् ।

शिवम् अधिकारीको कथा रहेको चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गरेका छन् ।