किन आउँछ बच्चालाई ज्वरो ?


यसबाहेक ज्वरोको लागि नेपालमा क्लिनिक वा अस्पतालमा पारासिटामोल र एन्टिबायोटिक्स जस्ता औषधिहरु बच्चाहरुलाई सबैभन्दा बढी दिइन्छन्। जबकि ज्वरो आएको बच्चाहरु प्रायजसो आफैं निको हुने खालको भाइरल रोग हुन्छ भने केहीमा गम्भीर संक्रमणको जोखिम हुन सक्छ। बच्चाहरुमा हुने ज्वरो र वयस्कहरुमा हुने ज्वरो क्लिनिकल परीक्षणमा धेरै फरक पाइन्छ। श्वास(प्रश्वास, रगतको प्रवाह र बच्चाको हाउभाउको स्तर बिरामको सही मूल्यांकनको लागि महत्वपूर्ण हुन्छ।
बच्चाहरुमा ज्वरोको सबैभन्दा साधारण कारणहरु आफैं निको हुने भाइरल संक्रमण ९सामान्य रुघा, इन्फ्लुएन्जा, पेटको संक्रमण० र जटिल जीवाणु संक्रमण जस्तैः कानको संक्रमण, घाँटी संक्रमण हो। ज्वरोको ढाँचाले अन्तर्निहित कारकतत्वको संकेत गर्न सक्छ। भाइरल संक्रमण सामान्यतया एक हप्तामा निको हुन्छ। जबकि ब्याक्टेरिया संक्रमण एन्टिबायोटिक्सको प्रयोगपछि निको हुन्छ।
बच्चाहरुको अनुहार रातो हुने, आँखा रसिलो हुने वा शारीरिक कम्पन हुने लक्षण देखिन सक्छ। आमा(बुबाले कि बच्चा धेरै बिरामी वा पहेँलो भएको र खाना खान नमान्ने बताउँछन्। मुटुको धड्कनमा परिवर्तन, श्वास–प्रश्वासको दरमा वृद्धि आदि लक्षण देखिन्छन्। गम्भीर जीवाणुको संक्रमण, नवजात शिशुहरुमा र ज्वरोसँग आउने शिशुहरुमा, ७ प्रतिशतदेखि १३ प्रतिशतमा हुन्छ। एसबीआईको सबैभन्दा सामान्य कारण मूत्रपथ संक्रमण, रगतमा ब्याक्टेरियाको संक्रमण र केहीमा दिमागको संक्रमण (मेनेन्जाइटिस) हो।
सामान्यतया ज्वरो अभिभावकमा एक चिन्ताको विषय हो तर अन्यथा स्वस्थ बच्चामा आत्म(सीमित रोगको लागि शरीरको तापमान सामान्यमा फिर्ता ल्याउनको लागि मात्र ज्वरोको उपचार जरूरी छैन। ज्वरो सामान्यतया अनुकूल प्रतिक्रिया हो र केवल चयन गरिएका बच्चाहरुमा मात्र उपचार गरिनुपर्छ र ज्वरोको मामलामा प्रत्येक बिरामी बच्चालाई फरक रुपमा हेर्नुपर्छ।








प्रतिकृया दिनुहोस्