May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

जहाँ युवतीले नांगा पाइतालाले अंगुर किचेर बनाइन् वाइन, मूल्य एक बोतलकै १७ हजार

Advertisement

आफ्ना नग्न खुट्टालाई प्रस्तुत गरेर चर्चा कमाइरहेकी एक बेलायती मोडेलले अर्को गज्जबको व्यापार सुरु गरेकी छिन् ।

Advertisement

उनले आफ्नै नांगा पाइतालाले अंगुर किचेर विशेष वाइन तयार पारेकी छिन् । उक्त सीमित परिमाणको वाइनलाई उनले १ सय पाउण्ड अर्थात् करीब १७ हजार नेपाली रुपैयाँ प्रति बोतलमा बिक्री गरिरहेकी छिन्।

३० वर्षीया एमिली रायका अनुसार उनको खुट्टाको कलामा रहेको विज्ञतालाई मध्यनजर गर्दै लण्डनस्थित वाइन उत्पादक रेनेगेड अर्बन वाइनरीले उनीसँग सहकार्यका लागि प्रस्ताव गर्‍यो ।

आफूलाई कामोत्तेजक खुट्टाकी प्रतिकको रुपमा प्रस्तुत गर्दै आएकी उनले परम्परागत पद्धतिमा फर्किँदै अब चाहिँ पाइतालाले अंगुर थिचेर रस निकालेर सिम्प वाइन नामक विशेष वाइन तयार गर्दैछिन् ।

उनका फ्यानहरुको उनको नांगो पाइतालाले किचिएको अंगुरबाट उत्पादित वाइन पिउन लालायित छन् र त्यसका लागि १ सय पाउण्ड तिर्न तयार छन् । आफूले आफ्ना प्रशंसकहरुको खुसीका लागि आफ्नो जीवनलाई नै जोखिममा राखेको उनी दाबी गर्दछिन् ।

स्कटिस दैनिक पत्रिकालाई उनले बताए अनुसार पाइतालाले अंगुर थिच्ने क्रममा उनी अंगुरको बोक्रामा चिप्लिएर भण्डै लडिनन्। सिम्प वाइन खासगरी स्पेनको क्याटालोनिया र लेबनानमा फलेका अंगुरबाट तयार पारिन्छ ।

इमिलीको खुट्टाले अंगुर थिचेर तयार पारिएको उक्त वाइन केवल निश्चित वेबसाइटमार्फत् अनलाइनमा मात्रै किन्न पाइने बताइएको छ । –एजेन्सी