May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

चुरोटको लत कसरी छाड्ने ?

Advertisement

धेरैले चाहेर पनि चुरोटको सेवन छोड्न सकिरहेका हुँदैनन्। चुरोटको सेवन छोड्ने धेरै तरिकामध्ये आफूलाई लाग्ने एक तरिका अपनाउनु जरुरी हुन्छ । यसको लागि समय मिलाएर एउटा योजना बनाउन आवश्यक हुन्छ । जस्तैःचुरोटको परित्याग गर्ने कुनै एक दिन निश्चय गरी यसको सेवन पूर्णरुपमा बन्द गर्न सक्नुपर्छ। यसका लागि नयाँ वर्ष, जन्म दिन या कुनै पर्व रोज्न सकिन्छ।

Advertisement

यस्तै चुरोट छोड्नका लागि परिवार र आफन्तको पनि सहयोग लिन सकिन्छ । चुरोट छोड्ने बेला पुन खान मन लागेमा के गर्ने भन्ने विकल्पको बारेमा पनि सोच्न जरूरी हुन्छ । जस्तै यस्तो बेलामा चुरोटको सट्टा चकलेट, चुइंगम खान सकिन्छ।
चुरोट छोड्ने बेलामा एउटा मात्रै त हो नि भन्ने विचार मनमा आउन दिनुहुँदैन । एउटा मात्र भन्दा फेरि पहिले जस्तै लत बस्न सक्छ । आफूलाई काममा ब्यस्त राखेर पनि यसतर्फको ध्यान हटाउन सकिन्छ ।

चुरोट सेवन गर्ने ब्यक्तिहरुको संगत सकेसम्म नगरेमा सजिलो हुन्छ । यदि सेवन गर्ने ब्यक्ति छन भने आफनो अगाडी सेवन नगर्न आग्रह गर्नुपर्छ । राती चाँडै सुत्दा चुरोटकोवारेमा कम सोचिन्छ । आराम गर्ने संगीत सुन्ने र मानसिक तनाव कम गर्ने । शुरुको एक साता अलि अप्ठेरो भए पनि बिस्तारै यसलाई भुल्न सकिन्छ । चुरोट छोडेको कुरा सबैलाई भन्न जरुरी छ यसले फेरी शुरु गर्नबाट रोक्न मद्धत गर्छ।