May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

किन हुन्छ पत्थरी ?

-डा सुरेन्द्रविक्रम अधिकारी

मानिसको शरिरमा दुईवटा किड्नी हुन्छ । हामीले खाएको पानी फिल्टर गर्ने काम किड्नीको हो । हामीले खाएको पानी किड्नीले फिल्टर गरेर पिसावको माध्यामबाट बाहिर फाल्छौँ । जब हामी हामीले कम पानी खान्छौँ, त्यति नै शरिरमा पानीको मात्रा कम हुन जान्छ । पानीको मात्रा कम हुँदा पिसाव कम हुन्छ । जब शरिरमा पानी र पिसावको मात्रा कम हुन्छ, तब किड्नीमा पत्थरी बन्ने सम्भावना बढ्दै जान्छ । ६/७ मिलिमिटरसम्मको पत्थरी धेरै पानी पिउँदा आफैं बगेर जाने सम्भावना हुन्छ । त्योभन्दा बढी पत्थरी भयो भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ।

Advertisement

पानी कम खाने,  बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ । कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिने गरेको पाइन्छ।

Advertisement

उपचार विधि
पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ। बिरामीमा पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ । किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्यापउनुपर्ने हुन्छ।

किड्नीमा पत्थरी जम्न नदिनका लागि धेरै मात्रामा झोल कुराको सेवन गर्नुपर्ने हुन्छ । दुई सेन्टिमिटरसम्मको पत्थरीलाई हामीले घाउ नबनाइकन पिसावको नलीबाट गएर लेजरको माध्यामबाट ढुंगालाई फुटालेर बाहिर निकालिन्छ । जसलाई आरआइआरएस विधि भनिन्छ ।
दुई सेन्टिमिटरभन्दा बढी पत्थरी भएमा हामीले सानो प्वाल बनाईकन फुटालेर बाहिर निकालिन्छ । जसलाई पीसीएनएल भनिन्छ । अहिले शल्यक्रिया गरेर पत्थरी निकाल्ने क्रम भने हराउँदै गएको छ ।