May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

व्यायाम चक्की: एक गोली खाए जीउ तन्दुरुस्त !

अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो औषधि बनाएका छन् जसको सेवनपछि तपाईंले तन्दुरुस्त रहनका लागि कुनै व्यायाम गर्नुपर्ने छैन ।

Advertisement

उक्त चक्की खाएपछि शरीरमा यस्तो परिवर्तन आउनेछ जुन व्यायामपछि देखा पर्दछ। हाल वैज्ञानिकहरुले यो औषधिको परीक्षण मुसामा गरिरहेका छन् र उक्त परीक्षणमा महत्वपूर्ण सफलता पनि प्राप्त भएको छ।

Advertisement

उक्त औषधिको नाम हालका लागि Exercise Pill अर्थात् व्यायाम चक्की राखिएको छ ।

वैज्ञानिकहरुका अनुसार जब मुसालाई उक्त चक्की खुवाइयो तब मुसाको सरीरमा उपापचयन प्रक्रिया ठ्याक्कै त्यस्तो बन्यो जुन कसरत पछि बन्दछ ।

लगातार उक्त औषधि खुवाइएपछि मुसाको मांशपेशीको शक्तिमा वृद्धि भयो र तन्दुरुस्तीमा सुधार आउनुका साथै शारीरिक क्षमतामा पनि वृद्धि भयो ।

उक्त औषधिको नाम चाहिं SLU-PP-332 हो । उक्त औषधिका विषयमा प्राप्त नतिजालाई वैज्ञानिकहरुले अमेरिकन केमिकल सोसाइटीमा पेस गरेका छन् ।

वाशिंटन विश्वविद्यालयका प्रमुख शोधकर्ता तथा रसायनशास्त्री बाहा एलगेन्डीका अनुसार यो चक्की सजिलो सँग निल्न सकिन्छ । यसबाट सरीरको उपापचयन अर्थात् मेटाबोलिज्ममा सुधार आउँछ।

उनका अनुसार उक्त औषधिले मानिसको सरीरमा पनि मुसामा जस्तै प्रतिक्रिया देखाएमा त्यो निकै ठूलो उपलब्धि हुनेछ। इसको प्रयोग विभिन्न दुर्लभ रोगहरुको उपचारमा समेत गर्न सकिनेछ।

वास्तवमा हामीले व्यायाम गर्दा सरीरमा एस्ट्रोजेन सँग सम्बन्धित प्रापकहरु (इआरआर) सक्रिय बन्दछन्।

ती रिसेप्टरहरु मांसपेशी, मुटु तथा मस्तिष्कका तन्तुहरुमा पाइन्छन् । जसले उपापचयन, रोग प्रतिरोधी क्षमता, inflammation, homeostasis शारीरिक विकास, कोशिकाको वृद्धि विकास तथा प्रजननमा सहयोग गर्दछ। अर्थात् व्यायाम चक्की सेवन गर्दा तिनै रिसेप्टरहरु सक्रिय बन्दछन्, जो आमरुपमा व्यायाम गर्दा सक्रिय बन्दछन् ।

एलगेडीका अनुसार फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरुले पनि सोही प्रकारको औषधि बनाउने प्रयास गरेका थिए । तर, उनीहरु सफल भएनन् । उनीहरुले सो औषधि बनाउनका लागि सुरुमा एउटा स्टार्टअप कम्पनीको स्थापना गरे । जसको नाम पेलाजो फर्मास्युटिकल थियो । उनीहरुको परीक्षण मुसामा सफल रह्यो र क्लिनिकल ट्रायलका लागि अनुमति मागेका छन् ।

उक्त चक्की खुवाइएपछि मुसाको शारीरिक क्षमतामा ७० प्रतिशतले बढेको छ । औषधिको दुई डोज दिंदा क्षमता थप १० प्रतिशतले बढ्यो ।

यद्यपि उक्त औषधिले व्यायामले जस्तै फाइदा प्रदान गर्ने भए पनि व्यायामलाइ पूर्णरुपमा प्रतिस्थापन भने नगर्ने शोधकर्ताको भनाइ छ । -agency