May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चल्योः गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए । 

‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ’, घटनाबारे ब्रिफिङ गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टी बैठक स्थलमा पुर्‍याएको छ ।’ उनले भौतिक योजना मन्त्रीको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बताए । ‘त्यही क्रममा सुरक्षाकर्मीले गोली चलाएको देखिन्छ,’ उनको भनाई थियो

सो क्रममा अछाम र दैलेखका दुई जना युवाको मृत्यु भएको थियो । गृहमन्त्रीले सोही विषयलाई लिएर सरकारले जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गरिएको जानकारी पनि समितिलाई दिएका छन् ।

Advertisement