May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

आजदेखि ‘परदेशी–२’ र ‘कौसीद’ रिलिज

फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘परदेशी–२’ र ‘कौसीद’ आज रिलिज भएका हुन् । 

‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । रमेश बिजीको लेखन रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । 

कुमार भाष्करको निर्देशन रहेको ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र भने प्रचारबिना नै रिलिज भएको हो ।

Advertisement