May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

वरिष्ठ गायिका दिलमाया खातीको निधन

विगत लामो समयदेखि दमको रोगबाट पीडित वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। खातीको गएराति निधन भएकाे हाे।

गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी उनी सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी थिइन्। सोही समयमा एक समारोहमा आफन्तकोमा गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनी निरन्तर गायन क्षेत्रमा लागेकी हुन्।

करिब एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गएराति निधन भएको हो।

Advertisement