‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट रिलिज
- पब्लिक कुरा
- १४ भाद्र २०८०
- 565 Shares
एकै दिन दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट रिलिजमा आएका हुन् ।
‘ऐंचो पैंचो’लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । ‘गणपति’ सविन अधिकारीले निर्देशन गरेको सिनेमा हो ।
‘गणपति’ निःसन्तान रहँदा दम्पतीले भोग्ने समस्यामा केन्द्रित रहेको चलचित्र हो । भगवान गणेशजस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विभिन्न परिस्थितिलाई सिनेमामा प्रस्तुत गरिएको छ ।
सविन अधिकारीको लेखन र निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाललगायत कलाकारको अभिनय छ ।
‘ऐंचो पैंचो’ सामाजिक तथा राजनीतिक विषयमा केन्द्रित चलचित्र हो । यसमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, कोसिस क्षेत्रीलगायत कलाकारको मुख्य भूमिका छ ।
- भैरहवा कारागारमा क्षमताभन्दा चारगुणा कैदीबन्दी, पर्खाल नहुँदा सुरक्षा चुनौति
- संसद् रङ्गमञ्च जस्तो मात्रै भइरह्योः राउत
- गुल्मेली सम्पर्क समाज सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली
- बुद्ध जयन्तीका दिन लुम्बिनीमा मदिरारहित शाकाहारी भोजनको सेवन गर्न व्यवसायीको पहल
- रोजगारी सिर्जनामा उद्योगको भूमिका
- दाँत किन फाटिएर आउँछ, कसरी गर्न सकिन्छ समाधान ?
- भारतमा हुने निर्वाचनलाई लक्षित गरी दोस्रो पटक बाँकेका सीमानाका शिल
- एमालेले वर्तमान सरकारको विकल्प खोज्दैनः महासचिव पोखरेल
- पुराना दलदेखि पूर्वराजासम्म नै छेपारे–नीति
- एम्बुलेन्सको ठक्करबाट रुपन्देहीमा एक महिलाको मृत्यु, दुई घाइते
प्रतिकृया दिनुहोस्