June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

गौतमबुद्ध विमानस्थलबाट हङकङ र दिल्ली उडान हुँदै

भैरहवा- नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीका लागि नियमित उडान गर्ने भएको छ।

Advertisement

निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भदौ १२ गतेदेखि भैरहवाबाट हङकङ र दिल्ली उडानका लागि टिकट बुकिङसमेत खुला गरिएको जनाएको छ।

Advertisement

‘नेपाल वायुसेवा निगमले २०८० भाद्र १२ गते तदनुसार २९ अगस्ट २०२३ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उडान तालिकाअनुसार बिहान ८:१५ मा भैरहवाबाट उडेको जहाज ९:०० काठमाडौँमा अवतरण गर्नेछ। ट्रान्जिटपछि हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडान चढ्ने निगमको भनाइ छ।