May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

आजदेखि हलमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ रिलिज भएका हुन् । 

Advertisement

‘जुलेबी’ गणेशदेव पाण्डेले निर्देशन गरेको सिनेमा हो भने ‘हिँड्दा हिँड्दै’लाई मिलन आले मगरले निर्देशन गरेका  हुन् ।

Advertisement

‘जुलेबी’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । यो सिनेमा यौनकर्मीको कथामा बनेको छ । 

चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, समीरमणि दीक्षितलगायतको अभिनय छ । 

‘हिँड्दा हिँड्दै’ प्रेम कथामा आधारित सिनेमा हो । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानीया खान, भोला सापकोटालगायत कलाकारको अभिनय छ ।