May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

सिटिजन्सका ग्राहकलाई चौराह अस्पतालमा छुट

बुटवल– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कालीकानगर शाखा र चौराह अस्पताल प्रालिबीच छुट सम्झौता भएको छ । सिटिजन्स बैंकका कर्मचारी र कार्ड होल्डरहरुलाई अस्पतालमा स्वस्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको हो । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख प्रदीपकुमार श्रेष्ठ र चौराह अस्पताल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक बिरु भण्डारीबीच सेवा उपलब्ध गराउने बारे ४ बुंदे सम्झौता गरिएको हो ।

सिटिजन बैंकका कर्मचारीहरु तथा बैंकको मोवाइल बैकिङ्क, प्रिभिएलेज कार्ड, कार्ड होल्डरहरुलाई तथा सबै प्रकारका ग्राहकहरुलाई अस्पतालको विभिन्न सेवामा छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको बैंक कालिकानगर शाखा प्रवन्धक किरणकुमार केसीले बताए । एक वर्षसम्म लागु हुने गरि अस्पतालको ल्याबमा १० प्रतिशत, आइसीयु बेड चार्ज तथा एचडीयु बेड चार्जमा ५ प्रतिशत छुट दिने छ ।

यस्तै, जनरल बेड जार्चमा १० प्रतिशत, युरो सर्जरीमा १० तथा अर्थो र जनरल सर्जरीमा ५–५ प्रतिशत, न्युरो सर्जरीमा ५, डेन्टलमा १० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत तथा सिटी स्क्यानमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो । कार्यक्रममा बैंक लुम्बिनी प्रदेश क्लस्टर प्रमुख सञ्जय पुन, कालिकानगर शाखाका सहायक शाखा प्रमुख सुरज क्षेत्री, अस्पतालका अर्थोपेडिक सर्जन डा.मदन ज्ञवाली, चौराह अस्पताल प्रालिका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुंवरले सेवाग्राहीलाई प्रथामिकता दिन आगामी दिनहरुमा अझ साझेदारीका कार्यक्रमलाई जोड दिने बताए ।

Advertisement