June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

सोट्टो लुम्बिनी प्रदेश अध्यक्षमा गुप्ता

भैरहवा– सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स नेपाल (सोट्टो), लुम्बिनी प्रदेशको अध्यक्षमा श्रीभगवान प्रसाद गुप्ता (श्रीचन) चयन भएका छन् । भैरहवामा सम्पन्न संस्थाको दोस्रो अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गुप्ताको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा दीपक भण्डारी, उपाध्यक्षमा उमाशंकर मिश्र, महासचिवमा अमृत फौदार, कोषाध्यक्षमा रविकुमार मद्धेशिया, सचिवमा दिनेश मल्ल र सह–कोषाध्यक्षमा दिपिका कार्की निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।

यस्तै, संस्थाको सदस्यहरुमा निर्मला श्रेष्ठ बजिमय, गोपाल अग्रवाल, अरुण फौदार, मीरा सापकोटा, रामचन्द्र थपलिया, नलिन शर्मा न्यौपाने, राजु भण्डारी र पूर्ण प्रकाश पोखरेल निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष गुप्ताले संस्थागत हीतसँगै पर्यटन क्षेत्र प्रबद्र्धन, प्रचारप्रसार र विकासमा आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्ने जनाए ।

Advertisement