अर्थतन्त्र चलायमान भइरहेको छ: अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताएका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताएका हुन्।
उनले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए। सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा उनले विश्वाससमेत व्यक्त गरे। राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उनले उल्लेख गरे।
उनले भने,’यसपाली करको दायरा फराकिलो पारेका छौँ। यसले गर्दा राजश्व बढ्छ भन्ने हामीलाई विश्वास छ।सबैतिरको यसमा सहयोग चाहिन्छ। अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ। मूल्यवृद्धि पनि घटेको छ। पछिल्लो समयभन्दा अहिले घटेको छ। सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ। ब्याजदर पनि अलिकता सहजता हुन बित्तिकै थप चलायमान हुन्छ। यसले राजस्व वृद्धि हुने प्रशस्त आधार यसले दिन्छ। र हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरु धेरै बिनियोजन गर्नुपर्ने आवश्यकता छ। त्यसतर्फ सरकार गम्भीरताका साथ लाग्छ। माननीयज्युहरूले राखेको सुझावलाई हामी सहश्र आत्मसात् गर्छौँ। र आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिन्छ? र गाउँ गाउँ दुर्गम क्षेत्रमा समेत न्यूनतम स्वास्थ्य उपचार र रोकथामको सुनिश्चिता गर्ने, बेसिक हेल्थ केयर सुनिश्चित गर्ने जुन राज्यको लक्ष्य छ, त्यो पूर्ति गर्नेतर्फ हामी क्रियाशिल हुन्छौँ।’
अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए।








प्रतिकृया दिनुहोस्