June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

स्रोत नखुलेको २० लाख रकमसहित एकजना पक्राउ

बाँके- स्रोत नखुलेको रकमसहित बाँकेमा एकजना पक्राउ परेका छन् । नेपाल–भारत सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीले २० लाख नेपाली रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको हो । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह रहेको शर्मा गल्लीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित जमुनाह नजिकैको जयसपुरका २० वर्षीय सोहेल कुरेशी पक्राउ परेको सशस्त्रले जनाएको छ ।

भारतबाट आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद भएको हो । चालक भने भारततर्फ नै भागेको सशस्त्रले जनाएको छ । पक्राउ परेका कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । स्रोत नखुलेको २० लाख रुपैयाँसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको पठाइएको छ ।

Advertisement