June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

सबै पक्ष मल खरिद र वितरणमा गम्भीर हुनुपर्छः चौधरी

प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन्।

Advertisement

सिंहदरबारमा बिहीवार बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्ने कुराले समस्या परेको बारेमा समितिलाई जानकारी दिन आग्रह गरेको छ।

Advertisement

समितिमा रहेका सदस्यमध्ये उमेरका आधारमा ज्येष्ठ रहेका सांसद विनोद चौधरीले समितिको सभापतित्व गरेका थिए।

नेपाल सरकारले पेट्रोल, डिजेलमा जस्तो सरकार–सरकारबीच सम्झौता गरेर आपूर्ति गर्ने विषयमा, नेपालमै रासायनिक मल उत्पादन गर्ने, उद्योग स्थापना गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए।

उनले सरकारले मात्र आपूर्ति गरिरहेको अवस्थामा निजी क्षेत्रलाई किन खुला गर्न नसकिनेजस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए।

किसानको विषय र नेपालको अर्थतन्त्रलाई असर गर्ने विषयमा प्रधानमन्त्रीसहित मातहतका निकाय कार्ययोजनासहित स्पष्ट हुनुपर्ने उनले बताए।

समितिले अर्को बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई किसानलाई उपलब्ध गराउने मलको आपूर्तिबारे भएको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी लिने तयारी गरेको छ।