June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

दाङ– जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा भवनमा रहेको जेनेटरमा आगलागी भएपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको हो । एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोलेर सकेलगत्तै जेनरेटरमा आगलागी भएको जानकारी दिँदै सभामुख तुलाराम घर्ती मगरले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

आगलागी भएपछि बुधबार नै बस्नेगरी १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख घर्तीमगरले जानकारी दिए । बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोलेका छन् । अहिले आगलागी नियन्त्रणका लागि दमकल प्रयोग गरिएको जनाइएको छ ।

Advertisement