June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

आगलागीबाट ३ घर जले

कपिलवस्तु- कपिलवस्तुमा आगलागीबाट ३ घर जलेर नष्ट भएका छन् । बुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई राति आगलागी हुँदा केवटसहित ३ जनाको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट तीनैवटा घरका लत्ताकपडा, काठपात र अन्नपात लगायतका सामान गरी करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Advertisement