June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

११ घर जलेर नष्ट

प्यूठान– यहाँ ११ घर जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलको बस्तीमा पस्दा घर जलेको प्रहरीले जनाएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएको प्यूठान प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो ।

सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन । यद्यपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीवाट कति क्षति भयो ? त्यसको मूल्याङ्कन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement