June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

अवैध ४२ बोरा चिनी बरामद

भैरहवा– रुपन्देही प्रहरीले अवैध चिनी बरामद गरेको छ । भन्सार छली गरेर जिल्लामा भित्र्याइएको चिनी प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिकाको वडा नं. ६ बेथरीबाट अवैध चिनी नियन्त्रणमा लिएको थियो ।

भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ४२ बोरा (प्रति बोरा ५० के.जी.) चिनी बरामद गरेको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जनाए । उक्त चिनीको अन्दाजी मूल्य १ लाख ५७ हजार ५ सय कायम गरिएको छ । बरामद चिनी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको अर्यालले जनाए ।

Advertisement