May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

अब काटिएका हातखुट्टा पलाउने !

वैज्ञानिकले बनाए विशेष लेप मानिसका लागि उसका शरीरका अंगहरु सर्वाधिक महत्वपूर्ण तथा आवश्यक हुन्छन्। नहोस् पनि किन ? सबै अंगका आ आफ्ना काम हुन्छन् र महत्व हुन्छ ।

Advertisement

यदि शरीरको कुनै अंग वा भाग काम नलाग्ने भयो वा कुनै दुर्घटनामा शरीरको कुनै अंग गुम्यो भने मानिसको जीवन निकै कष्टपूर्ण बन्दछ। तर अब वैज्ञानिकहरुले यसरी गुमेका अंगहरुको समस्या समाधानका लागि अकल्पनीय उपाय पत्ता लगाएका छन्।

Advertisement

वैज्ञानिकहरुले एउटा यस्तो लेप बनाएका छन् जसले मानिसका काटिएका अंगहरुलाई पुनः पलाउनेछ।

अहिलेसम्म माउसुली लगायतका केही जिवहरुमा मात्र यसरी काटिएका अंग पुनः पलाउन सक्ने क्षमता देखिएको छ, तर मानिसमा त्यो सम्भव थिएन । तर वैज्ञानिकहरुले तयार भएको उक्त लेप औषधिको प्रयोगबाट मानिसएका काटिएका अंगहरु माउसुलीको पुच्छर जस्तै पुनः पलाउने बताइएको छ। वैज्ञानिकहरुले उक्त लेप औषधिको परीक्षणमा समेत सफलता प्राप्त गरेका छन् र त्यो प्रयोग भ्यागुतामा गरिएको छ ।

भ्यागुताको खुट्टा काटेर गरियो प्रयोग

साइन्स एडभान्सेज‘ नामक जर्नलमा छापिएको उक्त अनुसन्धानपत्र अनुसार दुई जना अमेरिकी शोधकर्ताहरुले भ्यागुताको काटिएको खुट्टा पुनः पलाउनमा सफलता प्राप्त गरेका छन्। यसले मानिसको गुमेको अंग पुनः प्राप्त गर्नमा आशा जगाएको छ ।

अमेरिकाको टुफ्ट्स विश्वविद्यालय र हार्वार्ड विश्वविद्यालयका शोधकर्ताहरुले आफ्नो प्रयोगका क्रममा अफ्रिकी प्रजातिको एक पोथी भ्यागुताको प्रयोग गरेका थिए । उनीहरुले उक्त भ्यागुताको खुट्टा काटेर छिनालिदिए र त्यो काटिएर छोट्याइएको खुट्टामा आफुहरुले तयार गरेको विशेष लेप लगाइदिए ।

केही समयमै उक्त औषधिले घाउ मात्र निको भएन त्यहाँबाट खुट्टाको काटिएको बाँकी भाग पलाउन थाल्यो । उक्त भ्यागुतालाई १८ महिनासम्म अध्ययनमा राखिएको थियो । त्यसक्रममा भ्यागुताको काटिएको खुट्टा पुनः पलाएको थियो ।

उक्त विशेष खालको लेपलाई विभिन्न ५ प्रकारका औषधि मिश्रण गरी बनाइएको छ । उक्त औषधिको नाम वैज्ञानिकहरुले बमयोडोम ( BioDome) राखेका छन् । यो औषधिले मानिसका विभिन्न कारणले काट्नुपरेका हात खुट्टा लगायतका अंगहरु पुनः प्राप्त गर्न सकिने अपेक्षा वैज्ञानिकहरुको छ ।

अनुसन्धानमा संलग्न एक वैज्ञानिक डेभिड कप्लानका अनुसार उक्त लेपले लगाएको २४ घण्टामै असर देखाउन थाल्दछ । छिनालिएको ठाउँमा लेप लगाएर एउटा क्याप लगाइन्छ। उक्त क्यापलाई हटाएसँगै त्यहाँबाट शरीरको भाग पुनः पलाउन थाल्दछ । एजेन्सीको सहयोगमा