May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

कर्मचारी संगठन सैनामैनामा नयाँ नेतृत्व

बुटवल– नेपाल निजामती कर्मचारी संगठन सैनामैना नगरपालिका इकाई समितिमा शालिकराम रिजालको अध्यक्षतामा १७ सदस्यीय नयां नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा स्मिता खनाल, सचिवमा चिरन्जीवि पाण्डे, सह सचिवमा कृष्ण बहादुर के.सी., कोषाध्यक्षमा रिना गिरी रहेका छन् भने सदस्यहरुमा प्रदिप गिरी, जोखराज घिमिरे, जनकराज सापकोटा, महेश गैरे, गोमा कुमारी वस्याल, सकुन्तला कुमाल, मिनाराम पन्थी, हरिप्रसाद गौडैल, नरेन्द्र प्रसाद ओली, राजन पन्थी, रेनु थापा र माधव पौडेल निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका सह–सचिव प्रेम प्रसाद खनालले बताए ।

Advertisement

सम्पूर्ण निर्बाचितहरुलाई नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार प्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ खुवाउँदै अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुको समस्या समाधानको लागि सरकारका तीनै तहमा कार्यरत अस्थायी करार र ज्यालादारी कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सकेमा हाल निजामती सेवामा देखा परेको अस्थायी ज्यालादारी र करारका कर्मचारीहरुको समस्या समाधान हुने कुरामा जोड दिए ।

Advertisement

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष देवकोटाले नेपाल निजामती कर्मचारी संगठन सरकारी निकायमा कार्यरत सबैखाले कर्मचारीहरुको छाता संगठन भएकोले यस सगठनमा आवद्ध भई कर्मचारीहरुको हक हित वृत्ति विकास लगायतका विषयहरुमा सामूहिक सौदावाजी गर्दै निष्पक्ष सेवा प्रवाहमा नमूना भई काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गर्दै संगठनको इतिहासदेखि हालसम्मका गतिविधिका सम्बन्धमा चर्चा गरे ।

नगर प्रमुख चित्र बहादुर के.सी.ले नेपाल निजामती कर्मचारी संगठनले लोकतन्त्र प्राप्तिको लागि गरेको योगदानका सम्बन्धमा खुलेर प्रंशसा गर्दै कर्मचारीहरुका व्यक्तिगत गुनासाहरु सम्बोधन नहुन पनि सक्ने हुँदा संगठित भएर आवाज बुलन्द गर्दै लागेमा कर्मचारीहरुको वृत्ति विकास लगायतका विषयमा कार्यपालिकाको ध्यान पुग्ने बताए । उनले कर्मचारीहरुले सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन सकेमा कर्मचारी प्रति समाजमा देखिएको वितृष्णा कम हुँदै जाने कुरामा जोड दिए ।

आधिकारीक ट्रेड युनियकान केन्द्रीय सदस्य मेघदेव पन्तले कर्मचारीको क्षमता विकासको लागि संरचनात्मक हिसावले ईकाई समिति भएपनि सैनामैनाको स्थानीय सरकारसँग सामूहिक सौदावाजी गर्ने केन्द्रीय टिम भएको बताउँदै कर्मचारीको हकहितका साथै सेवा प्रवाहमा समेत संगठनले सधै अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने कुरामा जोड दिए । सदस्यहरुको वृत्ति, विकास तथा कर्मचारीको हितका लागि संगठनले काम गर्ने संगठनका केन्द्रीय सदस्य काशिराम आचार्य र नारायण प्रसाद भण्डारीले बताए । कार्यक्रममा संगठन रुपन्देहीका सचिव कमल पराजुली, पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य खगराज पोख्रेल, नव निर्वाचित इकाई अध्यक्ष शालिकराम रिजाल, संगठन रुपन्देहीका सहसचिव प्रेम प्रसाद खनाल लगायतले कार्य्रकम सफलताको शुभकामना दिएका थिए ।