रुपन्देहीको मणिग्राममा हिमालयन बैंकको शाखा विस्तार


हिमालयन बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोक, मणिग्राममा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ।
मंसिर १० गतेदेखि सञ्चालनमा ल्याइएको मणिग्राम शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ।
बैंकका अनुसार यस शाखासँगै बैंकको शाखा संख्या ७२ पुगेको छ। त्यस्तै विस्तारित काउन्टर संख्या ५ पुगेको छ। एटीएम संख्या १४६ र ५ हजारभन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको बैंकले जनाएको छ।







प्रतिकृया दिनुहोस्