July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

दलाल पुुँजीवादको शोषणमा पर्ने दिन समाप्त भए : चौधरी

गुल्मी– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले पुँजीवादलाई निर्मम पारेर समाजबादको रुपान्तरणमा लाग्नुपर्ने भन्दै दलाल पूँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको बताएका छन् ।

Advertisement

सोमवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला कमिटीले आयोजना गरेको वैचारिक, राजनीतिक तथा संगठनात्मक प्रशिक्षण कार्यक्रममा वोल्दै नेता चौधरीले भने, ‘दलाल पुुँजीवादसँग जुधेर सामाजिक रुपान्तरण देश विकासको पक्षमा लाग्नुपर्छ । समाजबादी क्रान्तिलाई अगाडी बढाएर समाज रुपान्तरणमा अघि बढ्नुको विकल्प छैन ।’

Advertisement

अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने वेला आएको उनले बताए । ‘अब दलाल पुँजीबादलाई हटाएर समाजबाद रुपान्तरणको पक्षमा लाग्नु पर्छ’, उनले भने, ‘दलाल पुँजीबादसँग जुधेर सामाजिक रुपान्तरण र देश बिकासको पक्षमा लाग्नुपर्छ ।’ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका उनले केपी वली पार्टी समाप्त हुँदै गएको दावी गरे ।

‘अहिले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको छ’, उनले भने, ‘वली पार्टीको चितवनमा जारी नाम पढेर केन्द्रीय कमिटी घोषणा गर्ने कार्यक्रममा सहभागी प्रतिनिधिहरुसँग मेरो कुरा भएको छ । केपी वाले टिक्न नदिने भए, ब्यक्ति हावी भयो हामी तपाईंको पार्टीमा आउँछौं भनेका छन् ।’ उनका अनुसार मुलुकको अवको नेतृत्व एकीकृत समाजवादी पार्टीले गर्ने छ ।