एमाले महाधिवेशन निभ्ने बेलाको वत्ति : डा.भट्टराई


बुटवल– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भए पनि आम जनताको आर्थिक, सामाजिक स्तरमा खासै परिवर्तन आउन नसकेको बताएका छन् ।
आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले भने, ‘जसले गर्दा जनतामा निराशा र अन्योलता छाएको छ । अब, देशमा नयाँ वैकल्पिक शक्ति चाहिएको छ ।’ उनले देशले नयाँ राजनीतिक ध्रुवीकरण र उथलपुथल माग गरेको बताएका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायतका पार्टीहरूबीच ध्रुवीकरण गरेर वैकल्पिक पार्टी बनाउनुपर्नेमा उनले जोड दिए । नेकपा एमाले अग्रगमनको वाधक र नवफासीवादी शक्ति भएको उनको दाबी छ । उनले एमालेको महाधिवेशनको तडकभडक निभ्ने बेलाको वत्ति जस्तै भएको टिप्पणी गरे ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट रुपान्तरणकारी परिवर्तनको अपेक्षा गर्न नसकिने भट्टराईले बताए । यद्यपि आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्ने बताए ।








प्रतिकृया दिनुहोस्