July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

सत्ताको आडमा मोतिपुर औद्योगिक कोरिडोरको जग्गा अतिक्रमण : एमाले

बुटवल– नेकपा एमालेले रुपन्देहीको बुुटवलस्थित मोतिपुर औद्योगिक कोरिडोरको जग्गा अतिक्रमण गरिएकोप्रति आपत्ति जनाएको छ । साथै मोतिपुर औद्योगिक कोरिडोर लगायत विभिन्न सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणप्रति आपत्ति प्रकट गरेको हो ।

Advertisement

एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानको धारा ४० (५) ले ग्यारेन्टी गरेको भूमि तथा आवासको अधिकारलाई कुण्ठित गर्ने गरी वर्तमान सरकाले गरेको षडयन्त्रप्रति एमाले गम्भीर आपत्ति ब्यक्त गर्दछ ।’

Advertisement

वर्तमान सत्ता गठबन्धनको आडमा अतिक्रमण भैरहेको भन्दै यसलाई रोक्न र अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन एमालेले विज्ञप्तीमार्फत् माग गरेको छ । पूर्ववर्ती एमालेको सरकारले भूमि ब्यवस्था ऐन, कानुन बमोजिम गठन गरेको आयोगलाई एमालेसँग प्रतिशोध लिने गरी निस्क्रिय बनाउनु भूमिहिन नागरिकप्रति वर्तमान सरकारले गरेको गम्भीर घात भएको ठहर एमालेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘भूमिहिन, सुकुम्बासी अब्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्न र सार्वजनिक जग्गा संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’