May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

थप ७३४ मा कोरोना संक्रमण, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ।

Advertisement

आइतबार १ हजार ४१३ कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २४ हजार ३१३ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार ३०४ पीसीआर तथा २ हजार ७०९ एन्टिजेन परीक्षण भएको छ।