April 30, 2024, Tuesday
१८ बैशाख २०८१, मंगलवार

एमालेको बुटवलमा पार्टी सुदृढीकरण अभियान

बुटवल– नेकपा एमाले बुटवल उपमहानगर कमिटीले पार्टी निर्माण, बिस्तार, शुद्धिकरण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीका अनुसार उपमहानगर मातहतका शाखा कमिटी र त्यस मातहतका २९९ वटै टोल कमिटीहरुलाई क्रियाशिल बनाउने उद्देश्यले पार्टी निर्माण, बिस्तार, प्रशिक्षण र सुदृढीकरण अभियान सञ्चालन गर्न लागिएको हो ।

Advertisement

अभियानलाई संयोजन गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष पन्थीले जानकारी दिए । जसअनुसार बुटवल–१ मा नारायण भट्टराई बुटवल–२ मा गोमा आचार्य, ३ मा सावित्रा अर्याल, बुटवल–७ मा बलबहादुर आचार्य, ८ मा भोजप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

Advertisement

त्यस्तै बुटवल–९ मा पुरन गुरुङ, बुटवल–१० मा क्रृषिराम पाण्डे, बुटवल–११ मा गोपाल राना, बुटवल–१२ मा गुरुप्रसाद शर्मा, बुटवल–१३ मा तेजेन्द्र केसी, बुटवल–१४ मा बाबुराम पन्थी, बुटवल–१५ मा ज्ञानु केसीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै बुटवल–१६ मा रामप्रसाद रेग्मी, बुटवल–१७ मा मेघराज न्यौपाने, बुटवल–१८ मा प्रेम गुरुङ, बुटवल–१९ मा तुलसी चौधरी, हाटबजार र इ–रिक्सातर्फ किसन ज्ञवाली, संघसंस्था विशेषमा माधव नेपाललाई संयोजनको जिम्मा दिइएको छ भने पेशागत विशेष र जनसंगठनको जिम्मेवारी नगर कार्यालयलाई प्रदान गरिएको छ ।

अभियानमा वडा–शाखामा रहेका केन्द्रीय सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागीय सदस्य, प्रदेश कमिटी सदस्य, प्रदेश निकाय अन्तर्गतका सल्लाहकार, जेष्ठ कम्युनिष्ट मंच र विभागीय सदस्य, जिल्ला सदस्य तथा सल्लाहकार, नगर सदस्य तथा सल्लाहकार, क्षेत्रीय, शाखा, टोल कमिटी र जनसंगठनका पदाधिकारी तथा सदस्यहरु पनि रहनेछन् ।