July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

पदमुक्त सांसदको रिटमाथिको सुनुवाई स्थगित

भैरहवा– जनता समाजवादी पार्टी (जसपा) को कारबाहीमा परी पदमुक्त भएका लुम्बिनी प्रदेशका तीन प्रदेश सभा सदस्यले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्सालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तीनै जना जसपाको सिफारिसमा प्रदेशसभाले पदमुक्त गरेको थियो । सर्वोच्चमा आज पेशी तोकिएर न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा सुनवाइ हुने तय भएको थियो । तर निवेदककै कानून व्यवसायीबाट सुनुवाइ स्थगित भएको हो । यस अघि मंगलबार पेशी तोकिए पनि सुनवाइ हुन सकेको थिएन । आज दोस्रो पटक पेशी तोकिएको हो । तीन जनाको रिट न्यायाधीश खतिवडाको इजलाशमा सुनुवाइ हुनेछ ।

Advertisement