May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

२४ घण्टामा २४४५ मा कोरोना, ३२ को मृत्यु

 नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ पीसीआर परीक्षणबाट १ हजार ६४२ जनामा र ३ हजार ८३१ एन्टिजेन परीक्षणबाट ८०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको छ।

यसैगरी गत २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्।