July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

मुख्यमन्त्री भट्टलाई विश्वासको मत, माधव समूहले दियो साथ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा ३० मत परेको छ। नेकपा एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएपछि भट्ट नेतृत्वको सरकार जोगिएको हो।

Advertisement

माधव समूहका १७ र माओवादी केन्द्रका १३ जना सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका हुन्। एमाले ओली समूहका ७ र जसपाका २ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन्।

Advertisement

ओली समूहका पठानसिंह बोहरा , लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीले विपक्षमा मतदान गरेका हुन्। यस्तै जसपाका कृष्ण चौधरी र मालामती रानाले पनि विपक्षमा मतदान गरेका हुन्।

नेपाली कांग्रेस मतदानमा सहभागी भएन। कांग्रेसका १२ जना सांसद तठस्थ बसेका हुन्। नेपाली कांग्रेस संसदीय दलको बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरे पनि बहुमत प्राप्त हुने भएपछि मतदानमा सहभागी नभएको हो ।