May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

महन्थ पक्षका दश नेता मन्त्री बन्दै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र जसपाबीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ।

जसअनुसार ओलीले राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिन तयार भएका छन्।

यस्तै, शरत सिंह भण्डारी उर्जा मन्त्रालय, अनिल झा खानेपानी मन्त्रालय, विमल श्रीवास्तव श्रम मन्त्रालय, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मणलाल कर्ण भूमिसुधार, चन्दा चौधरी महिला मन्त्रालय, एकबाल मियाँ वन मन्त्रालय, चन्द्रकान्त चौधरी राज्यमन्त्री उर्जा, रेणुका गुरुङ राज्यमन्त्री महिला विकास हुने भएका छन् । उनीहरुको सपथको तयारी भएको छ ।

Advertisement