August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

१०९ जनाको मृत्यु, थप ४३६९ जनामा कोरोना पुष्टि

भैरहवा– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १०९ जनाको मृत्यु भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमति डिस्चार्ज भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९ सय ८६ पीसीआर र १ हजार ७ सय ८४ एन्टिजेन परीक्षण भएको छ।