July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

ओलीले सोधे २४ घण्टे अल्टिमेटमसहित नेपाल पक्षका १२ जनालाई स्पष्टीकरण

काठमाडौँ- सत्तारुढ नेकपा एमालेले संसद विघटनविरुद्ध उत्रिदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ खुवाउन माग गर्दै सर्वोच्च अदालत पुगेका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।

Advertisement

पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले उनीहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाएको जानकारी दिए।

Advertisement

उनका अनुसार घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण पत्र पठाइएको छ।

सोमबारको ओली पक्षीय स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जना सांसदलाई पार्टी सदस्यताबाट निश्कासनका साथै यी १२ जना सांसदलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाउने निर्णय गरेको थियो।