July 29, 2026, Wednesday
२०८३ श्रावण १४ बिहीबार

अक्सिजनमा चरम नाफा

प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो। 

Advertisement

तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले भेरी अस्पताललाई लामो समयदेखि ९ सय १५ रुपैयाँमा बेच्दै आइरहेको छ। यो महामारीमा प्राणवायु अक्सिजनकै कालोबजारी गरेर उसले सय प्रतिशतभन्दा बढी मुनाफा कमाइरहेको छ। 

Advertisement

जयेशका सञ्चालक राजीव तेलंगाका अनुसार उक्त कम्पनीले नेपालगन्ज परसपुरस्थित एचओ अक्सिजन ग्यासबाट प्रतिसिलिन्डर ४ सयमा खरिद गर्छ। त्यही अक्सिजन भेरी अस्पताललाई ९ सय १५ रुपैयाँमा बेच्ने गरेको तेलंगाले खुलस्त बताए। 

तेलंगाका अनुसार उक्त ट्रेडिङले सानो सिलिन्डर २ सय ५० रुपैयाँमा किन्छ। त्यसलाई उक्त अस्पताललाई ५ सय १५ मा बेच्छ। दुवै आकारका सिलिन्डरमा दोब्बरभन्दा बढी मूल्य लिने गरेको छ। 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।