July 5, 2026, Sunday
२०८३ असार २२ सोमबार

लुम्बिनीमा थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

Advertisement

दाङ– लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।

Advertisement

प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बसेको ११ औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए । मन्त्री तिमिल्सिनाले प्रस्तुत गरेको प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए ।

सभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेपछि विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको हो । अब सामाजिक विकास समितिले विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार गर्नेछ । समितिको प्रतिवेदनपछि विधेयक पुनः प्रदेश सभामा पेश हुने र त्यसउपर थप छलफल तथा पारित प्रक्रियाअघि बढाइनेछ ।