July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

जेसीआई सिद्धार्थ लेडीको साताव्यापी सामाजिक कार्यक्रम

Advertisement

भैरहवा– जेसीआई सिद्धार्थ लेडीले जेसीआई सप्ताह–२०२६ को अवसरमा असार १३ गतेदेखि २० गतेसम्म साताव्यापी सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

Advertisement

सप्ताहको पहिलो दिन असार १३ गते वरमाला दुवोमाला बनाउने तालिमबाट कार्यक्रमको सुरुवात गरिने छ । त्यसपछि सिद्धार्थ बाल गृह, भैरहवामा निःशुल्क आँखा शिविर, श्री सत्य साई बृद्ध आश्रममा ज्येष्ठ नागरिकलाई दही–चिउरा खुलाउने तथा नगद हस्तान्तरण, साई ग्लोबल कलेजमा पावर अफ सब कन्सीयस माईन्ड ट्रेनिङ लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

संस्कृत बिद्या सन्यास आश्रममा निःशुल्क दन्त शिविर, छैटौं दिन धागोबाट विभिन्न सामग्री बनाउने हस्तकला तालिम र अन्तिम दिन असार २० गते भैरहवा ब्याडमिन्टन क्लबमा ब्याडमिन्टन प्रतियोगिता रहेको कार्यक्रम संयोजक पूजा कंडेलले शुक्रवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईन ।

समाजसेवा, स्वास्थ्य, सीप विकास तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर विविध कार्यक्रम आयोजना गरिएको जेसीआई सिद्धार्थ लेडीका अध्यक्ष सिता गैरे भण्डारीले बताईन । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले महिलाको सिप बिकास गर्ने, महिको नेत्रीत्व बिकासमा जेसीले ठूलो भूमिका खेलेको बताए । समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्वास्थ्य, वातावरण संरक्षण, सीप विकास तथा सामाजिक उत्तरदायित्वलाई समेटेर सप्ताहव्यापी कार्यक्रम आयोजना गर्नु यो नै राम्रो कुरा रहेको उनले बताए ।