रूपन्देहीका ‘स्पा’ मापदण्डअनुसार कहिले चल्ने ?


भैरहवा–सरकारले विदेशी पर्यटक आकर्षित गर्न र स्वाथ्य जीवनशैलीका लागि प्रोत्साहन गर्न आरोग्य भ्रमण वर्ष मनाइरहेको छ । त्यसका लागि जिल्ला–जिल्लामा सचेतनात्मक कार्यक्रम गर्न थालिएको छ । योग, ध्यान लगायत शरीर र मानसिक अवस्था स्वास्थ्य बनाउन आवश्यक गतिविधिमा जोड दिइएको छ । आरोग्य पर्यटनको एउटा क्षेत्रका रुपमा ‘स्पा’लाई पनि लिइएको छ । त्यसैले तीन दिनअघि
भैरहवाको भिलासा होटलमा रहेको ट्रयाङक्विलिटी स्पाको आयोजनामा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको सहभागितामा सचेतनामूलक कार्यक्रम गरियो ।
साँच्चिकै मापदण्ड अनुसार सञ्चालन गरिने हो भने रुपन्देही पनि आरोग्य पर्यटनको केन्द्र बन्न सक्छ । क्षेत्रीय होटल संघ लुम्बिनी प्रदेशका अध्यक्ष सीपी श्रेष्ठ बुद्ध जन्मस्थल यहीँ रहेकाले यहाँबाट सकारात्मक उर्जा मिल्ने गरेको बताउछन् । योग, ध्यान र शान्ति गौतम बुद्धको पालादेखि चलि आएको उनको भनाई छ । पछिल्लो समय रुपन्देहीमा भैरहवाको बेलहिया–देखि बुटवलको गोलपार्कसम्म सडक दायाँबायाँ घरपिच्छे जस्तो स्पा सञ्चालन गरिएका छन् । मूल सडक मात्र होइन सहरका भित्रि गल्लीमा समेत स्पा सञ्चालनको लहर छ । अझैं धेरै सञ्चालनको क्रममा छन् । रुपन्देहीमा रहेका अधिकांश होटलमा पनि स्पा रहेका छन् । ठूला होटलले ख्याती प्राप्त स्पा भित्रयाएका छन् । अझैं बढ्दैछन ।
नेपाल पर्यटन बोर्डमा पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार मुलुकभर ७-८ सय स्पा छन् । बिगत १७-१८ वर्षको अवधिमा यति धेरै स्पा खुलेका हुन् । यिनमा १० हजार भन्दा बढीले रोजगारी पाएका छन् । तर, स्पाका लागि अझैं सीपयुक्त जनशक्तिको अभाव रहेको उनको भनाई थियो । रुपन्देहीमा पनि एउटा घर भाडामा लिएर कोठा व्यवस्थापन गरेर स्पा चलाउने प्रचलन बढेको छ । तर, ती स्पाका लागि तालिम प्राप्त जनशक्तिको अभाव छ । अहिले मुलुकका विभिन्न ठाउँबाट युवाहरु बोलाएर काम लगाउने गरिएको छ । रुपन्देहीमा रहेका धेरै जसो स्पाका भारतीय ग्राहक छन् । ती ग्राहकका अनुसार पनि आरोग्य पर्यटनको मर्म अनुसार स्पा सञ्चालन भइरहेका छैनन ।
तत्काल लगानी गरेर छिटो प्रतिफल प्राप्तिका लागि स्पा खोल्ने बृद्धि भएका छन् । तर, आफूले सञ्चालन गरेका स्पाका कोठा, त्यसभित्र हुनुपर्ने प्राकृतिक वातावरण उपलब्ध छैनन । साना कोठामा एउटा बेड राखेर मालिस गराउने उद्देश्यले स्पा खोलिएका छन् । स्पाका बाहिर आकर्षक बोर्ड टाँग्ने गरिएको छ । जसले गर्दा रुपन्देहीमा स्पालाई लिएर सकारात्मक धारणा निर्माण भइरहेको छैन ।
स्पा भन्ने बित्तिकैं ‘यौन’लाई जोडेर हेर्ने गरिएको छ । जसले गर्दा शरीरलाई आरोग्य चाहिएका व्यक्ति समेत खुलेर स्पा जान्छु भन्न सकिरहेका छैनन । स्पा आरोग्य पर्यटनको अंग हो । तर, लुकेर स्पा जाने वातावरण कसरी अन्त्य हुन्छ भन्नेबारे सोच्नु पर्छ । ट्रयाङक्विलिटी स्पाले स्वदेश र बिदेशमा सेवा दिइरहेको छ । उक्त स्पाले दक्ष जनशक्ति पनि निर्माण गरिरहेको छ । ट्रयाङक्विलिटी स्पा सञ्चालकका अनुसार अहिलेसम्म ३ हजार ५ सय दक्ष जनशक्ति उत्पादन गरिसकिएको छ ।
स्पा दर्ताका लागि स्पष्ट मापदण्ड छन् । तर, बजारमा रहेका सबैले यी मापदण्ड पालना नगर्दा आलोचित हुनुपरेको छ । सायद, व्यवसाय सञ्चालनका लागि अनुमति दिने निकायले पक्कैं यी मापदण्ड हेररै दिन्छन होला । नत्र भने नियमित अनुगमन गर्छन होला । मापदण्ड पालन भए÷नभएको फलोअप गर्छन होला ? कम्पनी दर्ता तथा व्यवसाय सञ्चालनका लागि उद्योग विभागबाट अनुमति लिन जरुरी छ । आन्तरिक राजश्व कार्यालयबाट कर दर्ता तथा स्थायी लेखा नम्बर लिएको हुनुपर्छ ।

स्थानीय पालिकाले पनि अनुमति दिनुपर्छ, स्पा तथा मसाज व्यवसायका लागि पर्यटन विभागबाट पनि अनुमति प्राप्त गर्नुपर्छ । श्रम सम्बन्धि दर्ता तथा नियम पालनाका लागि श्रम विभागको स्वीकृति चाहिन्छ । यसका साथै स्वास्थ्य तथा सुरक्षा सम्बन्धि प्रमाणीकरणका लागि नेपाल चिकित्सा परिषदबाट समेत अनुमति लिएको हुनुपर्छ । स्रोतका अनुसार रुपन्देहीमा रहेका सबैं स्पा तथा मसाज सेन्टरले यस्ता मापदण्ड पालना गरेको पाइदैन । साथैं नियमनकारी निकायले पनि देख्दैनन ।
स्पा अनुगमनकर्ताका लागि पनि निश्चित मापदण्ड व्यवस्था गरिएको छ । अनुगमनमा संलग्नले निम्न कुरा जाँच गर्नुपर्ने व्यवस्था छ । माथि उल्लेखित संस्थाबाट अनुमति लिए÷नलिएको अनिवार्य हेर्नुपर्छ । स्पामा संलग्न जनशक्ति तालिम प्राप्त हुन या होइनन हेर्नुपर्छ । उनीहरुसित प्रमाणपत्र भए, नभएको पनि जाँच्नु पर्छ ।
स्पा गर्नेहरु नाबालिग भए÷नभएको पुष्टि गर्नुपर्छ । यदी नाबालग छन भने स्पा सञ्चालकलाई नियन्त्रणमा लिनुपर्ने उल्लेख छ । स्पा गर्न आउने व्यक्तिको रेकर्ड र परिचय पत्र राख्ने व्यवस्था गरिनुपर्छ । स्पामा सीसीटिभी जडान भए÷नभएको पनि हेर्नुपर्छ । स्पाको कोठामा लक र हिड्न लक छ, छैन ख्याल गर्नुपर्छ । साथैं कर्मचारीको परिचय पत्र व्यवस्था गरे÷नगरेको हेर्नुपर्छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीका स्पामा सबै मापदण्ड लागू गरिएका छैनन । मापदण्ड लागू गरिएमा धेरै स्पा बन्द हुने उनीहरुको भनाई छ ।








प्रतिकृया दिनुहोस्