गौरी आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्ः केसी


नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले गत भदौ २३ र २४ गतेको घटना छानविन गरेर गौरीबहादुर कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
आजको संसद् बैठकमा उनले प्रतिवेदन अझै सरकारले औपचारिक रुपमा सार्वजनिक नगरेको भन्दै उनले त्यो प्रतिवेदन कसको स्वार्थमा लुकाइएको हो भन्ने प्रश्नसमेत गरेका छन्।
भदौ २३ देखि २६ सम्मको हिंसात्मक घटना छानविनको लागि लीली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि सरकारले लुकाउने काम गरेको आरोप उनले लगाए।
‘भदौ २३ र २४ को घटना छानविन दोषीलाई हदैसम्मको कारबाही होस्,’ उनले भने।








प्रतिकृया दिनुहोस्