भैरहवा बहुमुखी क्याम्पसमा अनुशन्धानात्मक कार्यशाला सुरु


भैरहवा–भैरहवा बहुमुखी क्याम्पसमा दुई दिने ‘रिसर्च पेपर राइटिङ तथा एसपिएसएस’ सम्बन्धी कार्यशाला सुरु भएको छ । क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत रहेको अनुसन्धान विभागले आयोजना गरेको उक्त कार्यक्रममा ४० जना विद्यार्थीहरूको सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख लक्की प्रसाद जोशीले विद्यार्थीहरूलाई अनुसन्धानमुखी अध्ययनतर्फ प्रेरित गर्दै पेपर राइटिङ सीपले सिकाइ उपलब्धि र बिधार्थीले अनुसन्धान कसरी गर्ने भन्ने कुराको ज्ञान पाउने बताए । यो कार्यक्रमलाइ आगामी दिनहरुमा निरन्तरता दिने उनले जनाए ।
कार्यक्रमलाई दुई भागमा बर्गिकरण गरिएको छ । विद्यार्थीलाई अनुसन्धानका चुनौतीहरु, शिर्षक छनोट, समस्यका चुनौतीहरु लगाएतका १० बटा विषयहरुमा प्रशिक्षण दिइने कार्यशाला संचालन समितिका संयोजक उप–प्राध्यापक प्रकाश भट्टराई जानकारी दिए ।
अनुसन्धान विभागका प्रमुख डा.सहदेव भट्टले आजको समाज अनुसन्धानमुखी बन्दै गएको उल्लेख गर्दै उनले खोजमुलकलाइ कक्षा कोठामा मात्र सिमित नराखी बाहिरी वातावरणसंग मेल खाने गरि लैजानु पर्ने बताए । उनका अनुसार, अब यस्ता अनुशन्धानात्मक कार्यशाला स्नातकोत्तर तहका एम बि ए फाइनान्स, एम बि ए र एम बि एसका लागि मात्र नभई स्नातक तहका बि बि एस, बि बि ए र बि बि एम लगायतका सबै विद्यार्थीका लागि सञ्चालन गरिने छ ।
डा.मुक्ति पौडेल, डा.पिताम्बर तिवारी, उज्ज्वल अधिकारी, दिवाकर पाण्डे, डा. सहदेव भट्ट, धनेश्वर तिमिल्सिना लगायतले दुई दिनसम्म प्रशिक्षण दिनेछन् ।








लेखकको सम्वन्धमा