July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मूल्यबृद्धिसँगै बिटुमिन अभाव

Advertisement

भैरहवा–मूल्यबृद्धिसँगै सडक पिच गर्न आवश्यक कच्चा पदार्थ बिटुमिनको अभाव भएको छ । यसको प्रत्यक्ष प्रभाव पूर्वाधार निर्माणमा देखिएको छ । भारत हुँदै बिटुमिन आयात गरिन्छ । आफ्नो मुुलुकमा अभाव हुने जनाउँदै भारतले पर्याप्त बिटुमिन पठाउन मानिरहेको छैन । साथैं यसको अप्रत्याशित मूल्यबृद्धिले पनि समस्या भएको छ ।

Advertisement

बिटुमिन आयातकर्ता व्यवसायीका अनुसार एक महिनाअघि भारतबाट आयात गरिने बिटुमिनको मूल्य ९० रुपैयाँ प्रतिकिलो थियो । अहिले १ सय ६० रुपैयाँ पुगिसक्यो । खाडी मुलुकबाट २ महिना अघिदेखि विटुमिन आयात ठप्प रहेको व्यवसायी परितोष गुप्ताले बताए । उनले नेपालभर बिटुमिन आपूर्र्ति गर्दै आएका छन् ।

उनका अनुसार मुलुकमा वार्षिक करिब २ लाख टन बिटुमिन आयात हुने गरेको छ । फागुनदेखि जेठसम्म आयात हुने मुख्य सिजन हो । ‘यसपटक.फागुन र चैतमा खाडी मुलुकबाट १० प्रतिशत पनि बिटुमिन आयात भएन्,’ उनले भने, ‘भारतबाट आउने बिटुमिनमा पनि ८० प्रतिशत कमी आएको छ ।’ मुलुकमा कुनै पनि व्यवसायीसँग बिटुमिन मौज्दात नरहेको उनले बताए । भारतमा आप्mनै उत्पादनले नधान्ने र इरानबाट आयातमा समस्या भएकाले अन्तर्राष्ट्रिय बजारमै अभाव बढ्दै गएको व्यवसायीले बताए ।

भारतबाट बिटुमिन आयात गर्ने अन्नपूर्ण इन्टरप्राइजेजका सञ्चालक रेणुप्रसाद पाण्डेका अनुसार भारतले अंग्रेजी महिनाको हरेक १५ तारिखमा बिटुमिनको मूल्य निर्धारण गर्छ । त्यस अनुसार भारतीय बजारमा बिटुमिनको मुल्य बुधवार नेपाली १ सय ५० रुपैयाँ कायम भएको छ । त्यसमा ढुवानी भाडा थपिँदा १ सय ६० रुपैयाँ भन्दा बढी पर्ने भएपछि आयात गर्ने अवस्था नरहेको उनले बताए ।

‘दोब्बर मुल्य बढेपछि निर्माण व्यसायीले बिटुमिन माग गरेको अवस्था छैन्,’ उनले भने, ‘हामीले भारतीय बजारमा माग गर्दा पाइएको छैन् ।’ मंसिरदेखि नै नेपाली बजारमा बिटुमिन आउन छोडेको उनले बताए । पुष र माघ चिसो महिना हुने भएकाले व्यवसायीले बिटुमिन खरिद गर्दैनन् । त्यसपछि मध्यपूर्वको द्वन्द्वले पाउनै छोडेको पाण्डेले बताए ।